आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

सर्लाहीका बगैँचाबाटै लिचीको ठेक्का, व्यवसायीले पुर्याउँछन् देशभर

images
आइतबार, वैशाख २१ २०८२
images
सर्लाहीका बगैँचाबाटै लिचीको ठेक्का, व्यवसायीले पुर्याउँछन् देशभर

गवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लगाएको हो।

images
images

सर्लाही- उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ। बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लगाएको हो। केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो।

images
images
images

सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका-७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो। ‘यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ’, केन्द्रका प्रमुख रामकुमार यादव भन्छन्, ‘पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ।’

images
images

बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उनको भनाइ छ। केन्द्रको ८.५ हेक्टर क्षेत्रफलमा ६ सय २१ बोट लिचीखेती गरिएको छ। गत वर्ष २७ लाख १५ हजारमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उनले बताए। बागवानीमा ९ वटा जातका लिची उत्पादन हुन्छन्।

images
images

यस्तै यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ। न्यूनतम बिक्री मूल्य ७१ लाख ११ हजार रुपैयाँ कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिए। आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ। करिब १ सय बिघामा गरिएको आँपखेतीमा ६ हजार रूख छन्। त्यसमध्ये बर्सेनि ३ हजार ५०० बढी रूखले फल दिने गरेको छन्।

यहाँको आँप गत वर्ष २१ लाख रुपैयाँमा ठेक्का लागेको थियो। बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातका आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले जानकारी लिए। ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौं,हेटौंडा, चितवनसहित देशका मुख्य सहरसम्म पुर्याउँछन्। रासस 


प्रकाशित : आइतबार, वैशाख २१ २०८२१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend