सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

६ सय ९५ स्थानीय तहमा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट 

मंगलबार, माघ २५ २०७८
६ सय ९५ स्थानीय तहमा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट 

ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरी प्राधिकरणले यो आयोजना २०७५ सालदेखि नै अघि बढाएको थियो। 

काठमाडौं- ६ सय ९५ स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म देशभरका ६ सय ९५ स्थानीय तहका ५ हजार ८ सय २२ वडा कार्यालयसम्म ब्रोडब्यान्ड इन्टरनेट जडान सम्पन्न भएको छ। 

सबै स्थानीय तहमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने तीन वर्षअघिको सरकारको कार्यक्रम अनुसार अझै पूर्ण भने भएको छैन। 

प्राधिकरणले सबै स्थानीय तह, वडा कार्यानलय, माध्यामिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने परियोजना अघि बढाएको थियो। 

ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरी प्राधिकरणले यो आयोजना २०७५ सालदेखि नै अघि बढाएको थियो। 

५ अर्ब ६७ करोड रुपैयाँ खर्च गर्नेगरी प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट पहुँच नपुगेका ७०२ स्थानीय तहका ५ हजार ९ सय ३३ वडा, ५ हजार २२५ माध्यामिक विद्यालय र ४ हजार १६९ स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्नका लागि परियोजना अघि बढाएको थियो। 

यो परियोजनामा अधिकांस ठाउँमा सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ। 

प्राधिकरणका अनुसार हालसम्म सम्झौता भएका सबै स्वास्थ्य संस्थामा इन्टरनेट जडान भएको छ। सम्झौता अनुसार ७ स्थानीय तह, १११ वडा र ८ माध्यामिक विद्यालय मात्र जडान हुन बाँकी रहेका छन्। 

प्राधिकरणले परियोजना निर्माणको जिम्मा सेवाप्रदायकहरुलाई दिएको थियो। यसरी प्राधिकरणले बनाएको पूर्वाधार भने उनीहरुकै हुनेछ। तर त्यो परियोजनामा अरु सेवाप्रदायकले सेवा दिनसक्ने छन्। 

हालसम्म ब्रोडब्यान्ड परियोजनामा ३ अर्ब ८९ करोड रुपैयाँ प्राधिकरणले भुक्तानी गरिसकेको छ। यो परियोजनामा पुगेको इन्टरनेट सुरुका दुई वर्ष सरकारी निकायका लागि नि:शुल्क हुने छ। त्यसपछि सेवाप्रदायकसँग सम्झौता गरी सेवा नवीकरण गर्नसक्ने छन्।

 

 


प्रकाशित : मंगलबार, माघ २५ २०७८०१:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend