काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आज (२० वैशाख) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम गरिएको छ।
बैङ्कले प्रकाशित गरेको विनिमयदरअनुसार युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङको खरिददर १७९ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८० रूपैयाँ ३५ पैसा रहेको छ।
त्यसैगरी, स्विस फ्र्याङ्कको खरिददर १६३ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलरको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३० पैसा तथा क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १९ पैसा र बिक्रीदर १०४ रूपैयाँ ६६ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर नौ रूपैयाँ ३५ पैसा र बिक्रीदर नौ रूपैयाँ ३९ पैसा तथा चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १८ रूपैयाँ ६५ पैसा रहेको छ।
साउदी अरेबियन रियालको खरिददर ३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियालको खरिददर ३७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३७ रूपैयाँ २१ पैसा, थाई भाटको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, युएई दिरामको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६५ पैसा र बिक्रीदर नौ रूपैयाँ ६९ पैसा रहेको छ।
स्विडिस क्रोनरको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०६ पैसा, डेनिस क्रोनरको खरिददर २० रूपैयाँ ५२ पैसा र बिक्रीदर २० रूपैयाँ ६१ पैसा तोकिएको छ।
हङकङ डलरको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनारको खरिददर ४४० रूपैयाँ ३४ पैसा र बिक्रीदर ४४२ रूपैयाँ ३० पैसा, बहराइन दिनारको खरिददर ३५८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५९ रूपैयाँ ७७ पैसा तथा ओमनी रियालको खरिददर ३५० रूपैयाँ ७६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३२ पैसा कायम भएको छ।
यसैगरी, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार विनिमयदर आवश्यकतानुसार जुनसुकै बेला संशोधन गर्न सकिनेछ भने वाणिज्य बैङ्कहरूले खुला बजारको आधारमा फरक दर तोक्न सक्नेछन्। अद्यावधिक दर राष्ट्र बैङ्कको वेबसाइटमा उपलब्ध रहेको जानकारी दिइएको छ। रासस