शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सुनकोशी मरिण आयोजनामा निर्माण कम्पनीको वेवास्था, समाधानको उपाय खोज्न ऊर्जामन्त्रीको चासो

images
शुक्रबार, वैशाख १९ २०८२
images
सुनकोशी मरिण आयोजनामा निर्माण कम्पनीको वेवास्था, समाधानको उपाय खोज्न ऊर्जामन्त्रीको चासो

मन्त्री खड्काले आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवम् चुनौती’ बारे शुक्रबार जानकारी लिएका थिए।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी मरिण ‘डाइभर्सन’ बहुउद्देश्यीय आयोजना समयमै  निर्माण गर्न निर्देशन दिएका छन्। मन्त्री खड्काले आयोजनाको ‘वर्तमान ठेक्का कार्यान्वयनको अवस्था समस्या एवम् चुनौती’ बारे शुक्रबार जानकारी लिएका थिए।

images
images
images

सोही क्रममा मन्त्री खड्काले राष्ट्रिय गौरवको आयोजनालाई चाँडो निर्माण सम्पन्न गर्नेगरी समाधान खोज्न निर्माणमा संलग्न पक्षलाई निर्देशन दिएका हुन्। ‘सुनकोशी मरिणबारे प्रधानमन्त्रीले बारम्बार चासो राख्दै आउनुभएको छ, यो आयोजना समयमै निर्माण गर्न समाधान खोज्न जरुरी छ’ मन्त्री खड्काले भने।

images
images

एउटै निर्माण व्यवसायीले धेरै आयोजना लिने र समयमै काम सम्पन्न नगर्ने प्रवृतिले विकासमा ढिलाइ भएको उनको भनाइ छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत नै रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासमेत ४ वर्षमा बन्नुपर्नेमा ६ वर्षसम्म पनि ६० प्रतिशत मात्र प्रगति हुनु दुःखको कुरा भएको मन्त्री खड्काले बताए।

images
images

मन्त्रालयका सचिव सरीता दवाडीले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति न्यून भएको बताएकी छन्। ‘पटक-पटक विभाग र मन्त्रालयको टोलीले आयोजनाको प्रगतिबारे चासो लिए पनि सोचेजस्तो प्रगति भएन’ सचिव दवाडीले भनिन्।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले निर्माणमा संलग्न व्यवसायीले प्रतिबद्धता पूरा गर्न नसक्दा आयोजना निर्माणमा ढिलाइ भएको जानकारी दिए। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १९ २०८२१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend