तनहुँ- निःशुल्क मुटुरोग परीक्षण तथा उपचार शिविरबाट ७८० जना लाभान्वित भएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले बिहीबार आयोजना गरेको शिविरबाट उनीहरु लाभान्वित भएका हुन्।
केन्द्रको आयोजना तथा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो।
शिविरमा निःशुल्क इसीजी सेवा, भिडियो एक्सरे सेवा, मधुमेह परीक्षण गरिएको थियो। हृदयरोग केन्द्रका ११ जना स्वास्थ्यकर्मी टोलीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चिकित्सकले सघाएका थिए।
जटिल समस्या भएका बिरामीलाई थप उपचारका निम्ति हृदय केन्द्रमा जान सुझाव दिइएको थियो। रासस