काँक्रेविहार- कर्णाली प्रदेशमा सङ्घीय सरकार मातहतको सडक विभागमार्फत हालसम्म ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र गरिएको छ। कर्णालीका १० वटै जिल्लामा साना–ठूला गरी ७५ वटा सडक आयोजना सञ्चालित छन्। तीमध्ये ठूला सडकदेखि मझौला सडकसम्मको निर्माण कार्य सडक डिभिजन तथा योजना कार्यालयहरूमार्फत भइरहेको छ।
कुल दुई हजार २१८ दशमलव २९ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिइएकोमा अहिले सम्म ७७१ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ भने २६४ किलोमिटर सडकमा ग्राभेल गरिएको छ। ६७६ दशमलव ५ किलोमिटर कच्ची सडक निर्माण भइसकेको कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षमा १३ दशमलव २४ किलोमिटर सडक निर्माण कार्य जारी छ भने ५४७ दशमलव ६४ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिइएको छ।
मध्यपहाडी राजमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोर, राप्ती लोकमार्ग लगायतका सडक योजनाहरूमा विभिन्न साना टुक्रे योजना समेटी सडक सञ्जाल विस्तार गरिएको छ।
थाचर–शीतलपकारी २१ दशमलव ९८ किलोमिटर, मुसिकोट–चौरजहारी ३८ दशमलव ३५ किलोमिटर, चौरजहारी–कुदु २ दशमलव ६६, कुदु–थलह ५० दशमलव ८६, थलह–बडावन १२ दशमलव ४६, बडावन–सुयाडा २२ दशमलव १७, सुयाडा–मनघाट ११ दशमलव ६४, मनघाट–सेस्तडा ६ दशमलव ४८, बेस्तडा–लोहरे १३ दशमलव १७, लोहरे–दुईखम्बे ११ दशमलव १८, दुईखम्बे–नारायण दैलेख ० दशमलव ५३, नारायण–रावतकोट १६ दशमलव १५, रावतकोट–लैनचौर १३ दशमलव ३०, लैनचौर–शाहीज्यूला ३३ दशमलव १९, शाहीज्यूला–बेलकोट २ दशमलव २५ र जलेखर्क–बागचौर १२ दशमलव १६ किलोमिटर सडकमा काम भइरहेको छ।
शीतलपाटी–सल्यान खलङ्गा बजार ९ दशमलव ८३, खलङ्गा बजार–बालुवासङ्ग्रही ३० दशमलव ९३, बोटेचौर–धुलियाँविट ३८ दशमलव ९३, बडीचौर–गुटुबजार ३१ दशमलव ६२, गुटुबजार–बिनीसम्म ६३ दशमलव १०, बिजेनेटा–काल्चे २५ दशमलव २०, काल्चे–बोटेचौर १४ दशमलव २७, राम्री–शीतलपाटी ३७ दशमलव ३६, शीतलपाटी–पटेलेचौर ४६ दशमलव ६६, पटेलेचौर–खौउलापास ७ दशमलव ८४, खौउलापास–मुसिकोट ३१ दशमलव ४०, थारमार्रे–चौरजहारी ४० दशमलव ७५ र चौरजहारी–चौरजहारी बजार २ दशमलव ५४ किलोमिटर सडकमा काम भइरहेको छ।
जुम्ला सडक डिभिजन अन्तर्गत कर्कार्ने–बुरू भेडा ७५ दशमलव ०६, बुरू भेडा–टोप्ला १३ दशमलव ०३, टोप्ला–कुडारी २२ दशमलव ८८, रिमनाबजार–बुलबुले ३४ दशमलव ५९, इमा–जुइना ४२ दशमलव २८ किलोमिटर सडक निर्माण भएको छ। छिन्चु–भेरीपुल १९ दशमलव ०४, बोटेचौर–रैकर ९ दशमलव ९४, रैकर–पुलबजार १५ दशमलव ०५, पुलबजार–छेडागाड २३ दशमलव ८८, छेडागाड–कालेगाउँ ३६ दशमलव ९९, कालेगाउँ–त्रिवेणी ६८ दशमलव ८१, त्रिवेणी–दुनै ४० दशमलव ४३, दुनै–मरिम १२०, हर्रे–छिन्चु ११ दशमलव ७५, छिन्चु–नेवारी खोला २५ दशमलव ४०, नेवारी खोला–बाङ्गेसिमल ६ दशमलव ९९, बाङ्गेसिमल–बड्डीचौर २७ दशमलव ११ किलोमिटर सडक पनि संघ सरकारकै मातहतमा छन्।
बडीचौर–काकाखोला गाउँ १८ दशमलव ८९, काकाखोला–साइना ६३ दशमलव २८, बेलखेत–तिलेपाटा २ दशमलव ६१, तिलेपाटा–सिराडी १८, सिराडी–खुलालु ४ दशमलव १०, खुलालु–पातलीवडी ३६, बोल्डिक–धुलिया २०, धुलिया–सिमिकोट ८५, सिमिकोट–हिल्सा ९५, तेलपानी–बाङ्ग्रेसिमल २५ किलोमिटर सडक संघ सरकारअन्तर्गत छन्। माथिल्लो डुगेश्वर–पुराइनी ७ दशमलव ६२, पुराइनी–ताराघाट २५ दशमलव ३४, ताराघाट–महाबुधाम ३५ दशमलव ९२, महाबुधाम–तलशेरा २० दशमलव ९७ किलोमिटर सडक निर्माण भएको छ।
सुर्खेत–गुराँसे २३ दशमलव ५९, गुराँसे–बेलघारी ३२ दशमलव ५०, बेलघारी–दुईखम्बे ९ दशमलव ६९, दुईखम्बे–पाल्लो कालिमाटी ५ दशमलव ३७, कालिमाटी–वडार ३६ दशमलव ०४, वडार–भैँसीगोठ ३८ दशमलव ५३, नाग्मा–बुलबुले ६५ दशमलव ६७, बुलबुले–गमगढी २४ दशमलव ९७, गमगढी–नाक्चेलाग्ना ८९ दशमलव ५८, डुर्गेश्वर–घियाटिडु २२ दशमलव ७०, छेगतरा–पातीमेला ५४ दशमलव १२, खुलालु–घोडेना २६ दशमलव ७७, घोडेना–नाग्मा ३९ दशमलव ७०, नाग्मा–जुम्ला खलङ्गा ३२ दशमलव १८ किलोमिटर सडक रहेको छ।
मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ७१७ दशमलव ३६ किलोमिटर सडकमा कालोपत्र गरिएको छ भने हालको लक्ष्य अनुसार थप ५४७ दशमलव ६४ किलोमिटर सडक कालोपत्र गरिनेछ। सबैभन्दा बढी कालोपत्र सडक जाजरकोट जिल्लामा निर्माण भएको छ भने हुम्लामा अहिलेसम्म एक किलोमिटर सडक पनि कालोपत्र हुन सकेको छैन। डोल्पामा मात्र दुई किलोमिटर कालोपत्र भएको छ।
प्रदेशका ७९ वटा स्थानीय तहमध्ये हालसम्म तीन वटामा सडक सञ्जाल पुगेको छैन। हुम्लाको सदरमुकाम सिमिकोट अझै राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मन्त्रालयको विवरणमा उल्लेख छ। अहिले ४६ वटा स्थानीय तहका केन्द्रहरू कालोपत्र सडकमार्फत जोडिएको मन्त्रालयको तथ्याङ्क छ।
प्रदेशमा हाल दुई सय ८२ वटा प्रदेश राजमार्ग तथा प्रदेश सडक रहेका छन्। प्रदेश राजमार्ग एक सय तीनवटा र प्रदेश सडक एक सय ७९ वटा रहेका छन्। तीमार्फत दुई हजार ८७७ दशमलव ३६ किलोमिटर प्रदेश राजमार्ग र तीन हजार ८० दशमलव ५१ किलोमिटर प्रदेश सडक सञ्जाल विस्तार भएको मन्त्रालयले जनाएको छ।
प्रदेश सरकार स्थापना भएदेखि हालसम्म २३० किलोमिटर सडक कालोपत्र, ७०० किलोमिटर स्मिथ सडक र तीन हजार किलोमिटर कच्ची सडक निर्माण गरिएको छ। साथै, चार दर्जनभन्दा बढी सडक पुल निर्माण भइसकेको छ। भौतिक पूर्वाधार विस्तारसँगै कर्णाली प्रदेशका लाखौँ नागरिक आवागमन, व्यापार, सेवा प्रवाह र समग्र विकासमा प्रत्यक्ष लाभान्वित भएको मन्त्रालयको निष्कर्ष छ। रासस