शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याउने तयारी

images
मंगलबार, वैशाख १६ २०८२
images
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याउने तयारी

पर्यटकलाई सहज र दिगो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी विकास कोषमार्फत ल्याइएका विद्युतीय सवारीसाधन लामो समयदेखि प्रयोगहीन अवस्थामा थन्किएका छन्। यद्यपि, हाल ती सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।

images
images

लुम्बिनी- पर्यटकलाई सहज र दिगो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी विकास कोषमार्फत ल्याइएका विद्युतीय सवारीसाधन लामो समयदेखि प्रयोगहीन अवस्थामा थन्किएका छन्। यद्यपि, हाल ती सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत क्लिन इनर्जी फण्डबाट लुम्बिनीमा १४ वटा विद्युतीय भ्यान र पाँचवटा वातानुकूलित विद्युतीय बस ल्याइएको थियो। अपाङ्गमैत्री सुविधासहितको यी सवारीसाधनमा स्वचालित ढोका र कार्डमार्फत भुक्तानी गर्ने सुविधा रहेको छ। एकपटक पूरा चार्ज गरेपछि चार सय किलोमिटर यात्रा गर्न सक्ने क्षमताका यी बस–भ्यानको प्रयोग भने हालसम्म प्रभावकारी हुन सकेको छैन।

images
images

विगतमा प्राविधिक समस्या र कानुनी अस्पष्टताको कारण यी सवारीसाधनलाई नियमित सञ्चालनमा ल्याउन कठिनाइ भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिएका छन्। उनले भने, 'अब सेतो नम्बर प्लेटलाई हरियोमा रूपान्तरण गरेर अदालतको आदेशअनुसार प्रयोगमा ल्याइने छ।'

images
images

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँका अनुसार दाताको मन्शाअनुसार सवारीसाधन प्रयोगमा ल्याउन उच्च अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश दिएको भए पनि अवस्था अझै यथावत् रहेको छ। खाँले भने, 'उक्त समयसीमा पनि नाघिसक्यो, अवस्था ज्युँका त्युँ छ।'

यसैबीच, वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्र अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

लामो समय खुलेआम थन्क्याएर राखिँदा केही सवारीसाधनमा सामान्य क्षति भएको कोषले जनाएको छ। यस्ता समस्या दोहोरिन नदिन आगामी दिनमा यस्ता सवारीसाधनको संरक्षण तथा नियमित प्रयोगमा जोड दिइने कोषको भनाइ छ।

पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित ल्याइएका विद्युतीय सवारीसाधन अब हरियो नम्बर प्लेटमा रूपान्तरण गरी लुम्बिनीमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको कोषले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, वैशाख १६ २०८२०९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend