शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

आन्तरिक र भारतीय पर्यटकको रोजाइमा पर्ने सुस्ताको झोलुंगे पुल जोखिममा

images
सोमबार, वैशाख १५ २०८२
images
आन्तरिक र भारतीय पर्यटकको रोजाइमा पर्ने सुस्ताको झोलुंगे पुल जोखिममा

झोलुंगे पुलबाट नदी र त्यस वरपरको मनोरम दृश्य हेर्न आन्तरिक पर्यटक आउने गरेका छन्।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित झोलुंगे पुल जोखिममा परेकाे छ। झोलुंगे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको हो।

images
images
images

सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानका अनुसार क्षमताभन्दा बढी व्यक्ति र मोटरसाइकल चल्दा पुल जिर्ण बनेको छ। सम्बन्धित निकायले निगरानी नगर्दा समस्या भएको उनको भनाइ छ।

images
images

नारायणी नदीमा बनेको झोलुंगे पुलबाट नदी र त्यस वरपरको मनोरम दृश्य हेर्न आन्तरिक पर्यटक आउने गरेका छन्। पछिल्लो समय भारतीय पर्यटकको रोजाइमा समेत सुस्ताको झोलुंगे पुल परेको छ।

images
images

पर्यटकका लागि भन्दा पनि सुस्तावासीलाई सहजता प्रदान गर्न पुल निर्माण गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्ययले बताए। गाउँपालिकाले पुलको हेरचाहका लागि नगरप्रहरी परिचालन गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार पालिकाले पुल सञ्चालन तथा रेखदेख गर्न गत वर्ष ठेक्का आह्वान गरे पनि अघि बढ्न सकेन।

‘पन्ध्र महिनाका लागि ९ लाखमा ठेक्का आह्वान गरेका थियौँ, कसैको पनि निवेदन नपरेपछि पुनः आह्ह्वानको तयारी गरिरहेका छौँ’ अधिकृत भुसालले भने। २३ करोडको लागतमा नारायणी नदीमाथि पुल निर्माण गरिएको हो। उक्त पुलको लम्बाइ एक हजार ५ सय ७१ मिटर र चौडाइ एक मिटर ६० सेन्टिमिटर छ। रासस


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend