शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

मौरीपालेर वार्षिक ८ लाख बढी आम्दानी

images
सोमबार, वैशाख १५ २०८२
images
मौरीपालेर वार्षिक ८ लाख बढी आम्दानी

भट्टराईले मौरीपालन गरेर वार्षिक ८ लाख बढी आम्दानी गर्दै आएका छन्।

images
images

सुनसरी- इटहरी उपमहानगरपालिका-४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक ८ लाख बढी आम्दानी गर्दै आएका छन्। मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ।

images
images
images

भट्टराई इटहरीमा आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। ‘बुबाकै सल्लाहमा २०७२ मा मौरीपालन सुरु गरको हुँ’ उनले भने। हाल उनले ६२ घार मौरी पालेका छन्।

images
images

वार्षिक ९ देखि १२ क्वीन्टलसम्म मह उत्पादन हुने र त्यसबाट ८ लाख बढी आम्दानी गरिरहेको उनको भनाइ छ। सुरुमा मह उत्पादन भएपनि बजारको समस्या थियो। तर, अहिले त्यो समस्या समाधान भएर उत्पादित मह बिक्री हुने गरेको छ। मौरीलाई दैनिक स्याहार्नु पर्दैन।

images
images

४/५ दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन? रोग लागेको छ कि छैन? भनेर निगरानी गर्दा हुने उनले बताए। भट्टराईले युरोपेली मेलिफेरा जातको मौरीपालन गर्दै आएका छन्। यो जातको मौरी रोगप्रतिरोधी हुने र मह उत्पादन धेरै गर्छ।

घारलाई भने घाम लाग्ने पारिलो ठाउँमा ठाउँमा सार्दै राख्नुपर्छ। मौरीलाई फूल फुल्ने बोटबिरुवा पानीको स्रोत हुनुका साथै शान्त वातावरण आवश्यक पर्छ। त्यसैले एकदेखि दुई महिनामा स्थान परिवर्तन गराइदिने गर्नुपर्छ। भट्टराईको फार्ममा उत्पादित मह स्थानीय बजारका साथै विराटनगर, दमक  र काठमाडौंसम्म बिक्री हुने गर्छ।

‘अनलाइन अर्डर हुँदा कुरियर गरेर पठाउने गरेको छु, महको मूल्य गुणस्तर, स्वाद साथै खर्च हेरेर निर्धारण हुन्छ’ उनी भन्छन्, ‘मैले धेरै जसो तोरी बारी, आँप, लिची, सूर्यमुखी फूललगायत बगानमा सिजनअनुसार मौरी चराउन लाने गरेको छु, अहिले प्रतिकेजी एक हजार रुपैयाँमा मह बिक्री गर्दै आएको छु।’

महसँगै १० हजारका दरले मौरीसहितको घारसमेत बिक्री गरेको उनले सुनाए। इटहरी उपमहानगरपालिकाले वर्षमा केही उपकरण र घार अनुदान दिएको छ। यसलाई अझ व्यवस्थित गर्न बजारको अध्ययनसँगै आधुनिक प्रविधिको घार, मौरीपालन सीपका लागि सरकारबाट सहयोग भएमा आम्दानीको राम्रो सम्भावना रहेको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, वैशाख १५ २०८२१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend