शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

गलकोट नगरपालिकाको भवन बनाउन निर्माण कम्पनीको ढिलासुस्ती

images
आइतबार, वैशाख १४ २०८२
images
गलकोट नगरपालिकाको भवन बनाउन निर्माण कम्पनीको ढिलासुस्ती

भवनको लागत १२ करोड ४१ लाख ५५ हजार रुपैयाँ छ।

images
images

बागलुङ- जिल्लाको गलकोट नगरपालिकाको भवन निर्माणमा ढिलाइ भएको छ। निर्माण कम्पनीको लापरबाहीका कारण सम्झौता अवधि सकिँदा ४० प्रतिशतमात्र काम भएको हो।

images
images
images

भवन निर्माणका लागि निर्माण कम्पनी काठमाडौंले २०८१ साल मङ्सिर २९ गतेसम्म सम्पन्न गर्नेगरी २०७९ असार १४ गते सम्झौता गरेको थियो। निर्माण कम्पनीले समयावधिभित्र काम नसकेपछि कार्यापालिकाको बैठकले गत माघमा एक वर्ष म्याद थप गरेको थियो।

images
images

म्याद थप गरेको महिनौं बितिसक्दा पनि निर्माण कम्पनीले कामको गतिलाई बढाउन सकेको छैन। ६ तले भवनको हालसम्म ५ तलामात्र ढलान भएको गलकोट नगरपालिकाका इन्जिनियर बलविक्रम दाहाल बताउँछन्। भवनको लागत १२ करोड ४१ लाख ५५ हजार रुपैयाँ छ।

images
images

नगरपालिकाले आफ्नो भवन नहुँदा मासिक दुई लाख भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ। गलकोट नगरपालिका-६ चरौँदीमा ७ रोपनी व्यवस्थापन गरेर भवन निर्माण थालेको पालिकाले अहिले भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको छ।

भाडाको घरबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए। लामो समयसम्म निर्माण कम्पनीले ढिलासुस्ती गर्दा नगरपालिकाले बर्सेनि लाखौं रकम घर भाडामा खर्चनुपरेको छ।

अहिलेसम्म आधा काम पनि नहुँदा म्याद थप गरेको समयभित्र सम्पन्न हुने सम्भावना कम भएको भण्डारी बताउँछन्। आफूहरूले बारम्बार ठेकेदारलाई काम गर्न आग्रह गरे पनि बेवास्ता गरेको उनको भनाइ छ।

‘यो भवन एक वर्ष अगाडि नै सकिनुपथ्र्यो, विभिन्न समस्या होला भनेर नगरपालिकाले केही समय म्याद थप गरिदियो तर, अहिले पनि निर्माण कम्पनीले उदासिनता देखाएको छ’ प्रवक्ता भण्डारीले नगर प्रवक्ता भने। अझै एक तला ढलान गर्न र अन्य काम गर्न बाँकी छ। एउटा घरमा सबै शाखा राख्न मिल्दैन। धेरै घरमा राख्दा सेवाग्राहीलाई पनि समस्या भएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend