शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

सर्लाही भन्सारमा राजस्व संकलन घट्यो

images
आइतबार, वैशाख १४ २०८२
images
सर्लाही भन्सारमा राजस्व संकलन घट्यो

भन्सारबाट हाल संकलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो।

images
images

सर्लाही- जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म ४१ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल ४१ करोड ७४ लाख ३३ हजार ४३३ रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए।

images
images
images

यस आवको ९ महिना मध्ये ४ महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ। तर, ५ महिनासम्म लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए।

images
images

भन्सारबाट हाल संकलन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो। आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् ४ करोड ९४ लाख ४१ हजार ५५५ रुपैयाँ संकलन भएको थियो। दोस्रो महिना भदौमा लक्ष्यको अत्याधिक कम ४३.७१ प्रतिशत अर्थात् २ करोड १३ लाख ७५ हजार ६३८ रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ।

images
images

यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् २ करोड ८० लाख ५३ हजार ८४५ राजस्व संकलन भएको छ। त्यस्तै कात्तिकमा ९०.९३ प्रतिशत अर्थात् ४ करोड १८ लाख १७ हजार ६३१, मंसिरमा १२४.३१ प्रतिशत ६ करोड ७२ लाख ४९ हजार २९४ रुपैयाँ छ। पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् ६ करोड ७९ लाख ९ हजार ६०१ रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् ५ करोड ९३ लाख ४६ हजार ८२८ रुपैयाँ, फागुनमा ९२.५८ प्रतिशत अर्थात् ४ करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् ३ करोड ६५ लाख ७१ हजार ५१० रुपैयाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेत बताउँछन्।

यस वर्ष तरकारी आयात गत वर्षभन्दा कम भएकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको उनको भनाइ छ। यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छ भने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख १४ २०८२१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend