शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री ओली

images
शुक्रबार, वैशाख १२ २०८२
images
सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री ओली

धरहरा परिसरमा शुक्रबार आयोजित गोरखा भूकम्पको १०औं स्मृतिसभामा उनले सुशासन र विकासका प्रश्नहरुमा पनि राष्ट्रिय एकताको अनिवार्य आवश्यकता औंल्याएका हुन्।

images
images

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखा भूकम्पपछि पुनःनिर्माणमा एकजुट भई विपत्ति सामना गरिएजस्तै राष्ट्रियहितका विषयमा पनि राष्ट्रिय एकता जरुरी रहेको बताएका छन्।

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा धरहरा परिसरमा शुक्रबार आयोजित गोरखा भूकम्पको १०औं स्मृतिसभामा उनले सुशासन र विकासका प्रश्नहरुमा पनि राष्ट्रिय एकताको अनिवार्य आवश्यकता औंल्याएका हुन्।प्रधानमन्त्री ओलीले भने, ‘गोरखा भूकम्पपछि संविधान निर्माण गर्न साथैसाथै अगाडि बढ्नुु पर्दछ भन्ने राष्ट्रिय एकताको भावना सबै तिरबाट प्रदर्शन भयो, राष्ट्रिय हितका विषयमा पनि हाम्रो एकता त्यसरी नै देखिनुु पर्दछ।’

images
images

लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक भएको बताउँदै प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा अगाडि बढाउनुपर्नेमा उनले जोडदिए। ‘लोकतन्त्रमा आलोचना स्वागतयोग्य हुन्छ तर, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन, राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस्’ उनले भने।

images
images

गोरखा भूकम्पपछिको पराकम्पले सबैमा एउटा त्रासदिपूर्ण मनस्थिति सिर्जना गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मान्छे राम्ररी सुुत्न नसक्ने, खान नसक्ने, घरभित्र बस्दा सधैँ त्रसित हुने वातावरण महिनौंसम्म बनेको बताएका छन्। त्यसबेला भएका राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्यांकन गरिएको बताउँदै उनले त्यसप्रकारको साथ र सहयोग आगामी दिनमा पनि निरन्तरता हुनुपर्नेमा जोड दिए।

‘२०७२ को भूकम्प जस्तो कुरा जतिसुुकै रिजिलियन्स भने पनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेट, क्षमताले पुुनःनिर्माण भ्याउनसक्ने अवस्था छैन’ प्रधानमन्त्री भन्छन्, ‘हरेक व्यक्तिले आफ्ना घरहरुलाई कसरी सुरक्षित बनाउने भन्ने कुरामा ध्यान दिन जरुरी छ।’

यस्तो स्थितिमा पनि पुनःनिर्माणको असाधारण क्षमता देखाउन सफल भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उद्दार तथा राहत वितरणमा सुरक्षा निकाय, संघसंस्था र जनताले गरेका प्रयासहरु असाधारण र प्रशंसनीय रहेको बताए। साथै पुनःनिर्माण, राहत वितरणदेखि उद्दारमा सहयोगीहरुले जसरी सहयोगका हात अगाडि बढाए त्यो असाधारण रहेको पनि उनको भनाइ छ।

त्यस अवसरमा प्रधानमन्त्रीले भूकम्पमा परी ज्यान गुमाउनेहरुप्रति स्मरण गर्दै श्रद्धासुमन अर्पण गरेका छन्। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभ कामना तथा त्यसपछिका भूकम्पजन्य कुराहरुलाई पनि त्यसैगरी ध्यान दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले सम्भाव्य विपद्सँग सामना गर्न सरकारले गम्भीरताका साथ आवश्यक काम र तयारी अघि बढाएको बताए। साथै विपद्का क्षेत्रमा गर्नपर्ने काम र सम्भावित जोखिम न्यूनीकरणको तयारीका लागि प्रतिबद्धतासमेत व्यक्त गरे। प्रकृतिसँग खेलबाड गर्न नहुने भन्दै विपद निम्त्याउने तरिकाले नचलाउन गृह मन्त्रीले आग्रह गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले २०७२ वैशाख १२ गते ७ दशमलव ८ म्याग्निच्युडको गोरखा केन्द्रबिन्दु भई गएको भूकम्पमा ८ हजार ७७० को निधन भएको जानकारी दिए। उक्त भूकम्पमा २२ हजार ३ सय जना घाइते भएका थिए।

भूकम्पका कारण काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका १४ जिल्ला अतिप्रभावित र १८ जिल्ला प्रभावित भएका थिए। भूकम्पपछि सरकारको आग्रहबमोजिम ३४ राष्ट्रका खोज तथा उद्धार टोली सहयोगका लागि नेपाल आएका थिए।

भूकम्पपछिको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा ४ दशमलव १ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायताको प्रतिबद्धता जाहेर भएको थियो। पुनःनिर्माण अभियानअन्तरगत ७ लाख ४३ हजार २४९ वटा निजी आवासको पुनःनिर्माण गरिनुका साथै ३१ हजार ७७० घरको प्रबलीकरण गरिएको थियो।

त्यसैगरी निजी आवास पुनःनिर्माण तथा प्रबलीकरणतर्फ २ खर्ब ३३ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च गरिएको प्राधिकरणले जनाएको छ। भूकम्पपछिको पुनःनिर्माणका क्रममा करिब ८ लाख घरको प्रबलीकरण गरिएको थियो। कार्यक्रममा निधन भएकाप्रति मौनधारणका साथै उनीहरुको आत्माको चिरशान्तिको काम गर्दै मैनबत्ती प्रज्ज्वलन गरिएको थियो। रासस 


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend