आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

राज्यको नजरमा होटेल व्यवसायी अझै पनि ‘अपराधी’झैँ देखिन्छौँ : अध्यक्ष बराल

images
शुक्रबार, वैशाख १२ २०८२
images
images
राज्यको नजरमा होटेल व्यवसायी अझै पनि ‘अपराधी’झैँ देखिन्छौँ : अध्यक्ष बराल

राति १० बज्नासाथ प्रहरीले सिट्टी फुक्दै होटेल बन्द गराउने अभ्यासप्रति कडा आपत्ति जनाएका छन्।

images
images

काठमाडौं- पर्यटन प्रबर्द्धनका लागि होटेल उद्योगलाई प्रमुख आधार मानिँदै आएको भए पनि राज्यको व्यवहार भने त्यसको विपरीत रहेको भन्दै काठमाडौँका होटेल व्यवसायीहरू आक्रोशित भएका छन्। नेपाल पत्रकार मञ्चसँगको संवादमा होटेल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले आक्रोश व्यक्त गरेका हुन्।

images
images
images

उनले राति १० बज्नासाथ प्रहरीले सिट्टी फुक्दै होटेल बन्द गराउने अभ्यासप्रति कडा आपत्ति जनाएका छन्। ‘हामीले कुनै अपराध गरिरहेका छैनौँ, पर्यटन सेवामा लागेका हौँ, तर व्यवहार चाहिँ अपराधीसरह भोग्नुपरेको छ’ उनले भने।

images
images

अध्यक्ष बरालले सुरक्षाको प्रत्याभूति दिने काम गर्नु पर्ने निकायबाटै होटेल बन्द गराउने कार्य हुनु पर्यटनमैत्री वातावरणविरुद्धको कदम भएको धारणा व्यक्त गरेका छन्। ‘राज्यको नीति र व्यवहार दुवैमा सुधार आवश्यक छ’ उनले थपे।

images
images
images


संघका सचिव एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेल रोयल पैलेसका सञ्चालक अनिष बानियाँले पनि रातिको समयमा व्यवसाय सञ्चालनमै रोक लगाउने शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। सचिव बानियाँ भन्छन्, ‘हामी कानून मान्ने करदाता हौँ, दोषी होइनौँ।’

सो अवसरमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारिता क्षेत्र सदैव न्याय र विकासका पक्षमा उभिएको बताए। साथै होटल व्यवसायीको आवाज राज्यसम्म पुर्‍याउन मञ्च प्रतिबद्ध रहेको पनि उनको भनाइ छ। ‘हामी व्यवसायी मात्र होइन, राष्ट्रको आर्थिक मेरुदण्डको संरक्षणमा पनि साथ दिन तयार छौँ’ मञ्चका अध्यक्ष विद्रोहीले भने।


प्रकाशित : शुक्रबार, वैशाख १२ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend