काठमाडौं- सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शुक्रबार बिहान ११ बजेर ५७ मिनेट जाँदा भूकम्प गएको हो।
फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो। रासस