सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

कुल परीक्षणको १५ प्रतिशतमा कोरोना

आइतबार, माघ २३ २०७८
कुल परीक्षणको १५ प्रतिशतमा कोरोना

काठमाडौं- कोरोना संक्रमणदर निरन्तर रुपमा घटिरहेको छ। कुल परीक्षणको ५१ प्रतिशतसम्ममा देखिएको कोरोना संक्रमण अहिले घटेर १५ प्रतिशतमा आइपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सार्वजनिक २४ घण्टाको विवरणमा कुल परीक्षणको १५ प्रतिशतमा कोरोना देखिएको छ।

कुल ९ हजार २ सय ५१ जनाको परीक्षण हुँदा १ हजार ३ सय ८६ जनाका कोरोना देखिएको छ। यसैगरी २४ घण्टामा ११ जनाले ज्यान गुमाएका छन्।

योसँगै अब नेपालमा संक्रमितको संख्या ४५ हजार २ सय ४८ मा झरेको छ।

Capture.JPG


प्रकाशित : आइतबार, माघ २३ २०७८११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend