शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

मकवानपुरमा गाईगोरुको चोरी तस्करी बढ्दो, एकैदिन २२ गोरु भेटिए

images
बिहीबार , वैशाख ११ २०८२
images
मकवानपुरमा गाईगोरुको चोरी तस्करी बढ्दो, एकैदिन २२ गोरु भेटिए

ट्रकलाई जाँच गर्दा भेटनरीको कागजात नभएका २२ वटा गोरु भेटिएको हो।

images
images

मकवानपुर- मकवानपुरमा गाईगोरुको तस्करी निरन्तर बढ्न थालेको छ। गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-३ बसामाडीबाट २२ वटा पशुचौपायासहित ४ जनालाई पक्राउ गरिएको छ। 

images
images
images

चितवनतबाट हेटौँडा आउँदै गरेको बा प्र ०३-००१ख ३४११ नम्बरको ट्रकलाई जाँच गर्दा भेटनरीको कागजात नभएका २२ वटा गोरु भेटिएको हो। गोरुसहित ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका-२ निवासी २६ वर्षीय गणेश मगर, गोरखाको अजिरकोट गाउँपालिका-४ निवासी २५ वर्षीय सुरज परियार, २४ वर्षीय कुशल परियार, सुनसरीको भोक्राहा नगरसिंह गाउँपालिका-३ निवासी ५६ वर्षीय जीतेन्द्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।  

images
images

गत चैत २० गते राति सशस्त्र प्रहरी र पशु सेवा कार्यालय मकवानपुरको टोलीले हेटौँडा उपमहानगरपालिका-१५ नयाँबस्ती नजिकबाट गोरुसहितको मिनीट्रक नियन्त्रणमा लिएको थियो। 

images
images

नवलपरासीको गैँडाकोटबाट पथलैयाँतर्फ मिनीट्रकमा गोरु तस्करी भइरहेको सूचनाको आधारमा सशस्त्र प्रहरी र पशु सेवा कार्यालयको टोलीले १२ वटा गोरु र तीन वटा गाईसहित प्र २-००३-००१ ख ३७४९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो। 


त्यस्तै गत फागुनमा पनि सशस्त्र प्रहरीले पथलैयाबाट २५ वटा गोरुसहित बा प्र ३-००१ ख १४२४ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। रासस 


प्रकाशित : बिहीबार , वैशाख ११ २०८२११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend