सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सिटिजन लाइफ इन्स्योरेन्सको आईएसओ एपमा थप सुविधा 

आइतबार, माघ २३ २०७८
सिटिजन लाइफ इन्स्योरेन्सको आईएसओ एपमा थप सुविधा 

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आईएसओ एपलाई अपग्रेड गर्दै नयाँ सुविधाहरु थप गरेको छ। इन्स्योरेन्सले डिजिटल सिटिज अभियान अन्तर्गत सिटिजन लाइफ इन्स्योरेन्सको आईएसओ एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गराएको छ।

यसले आफ्ना ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन सहयोग गर्ने कम्पनीको दाबी छ। सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पूर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरुको जानकारी समेत लिन सक्ने कम्पनीले जनाएको छ।

‘इच्छुक महानुभावहरुले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमा शुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमांक रकम र बीमाको समय अवधि अनुसार आफै निकाल्न सक्ने छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ। सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न इच्छुकले पनि यस एपबाट आवेदन दिन सक्ने छन्।

साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागि एपमा ईसेवा, फोन पे, र कनेक्ट आइपीएस लगायतका डिजिटल बैकिङ सुविधा मार्फत अनलान भुक्तानीको व्यवस्था समेत मिलाएको जनाएको छ।


प्रकाशित : आइतबार, माघ २३ २०७८११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend