मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

एनआरएनएको निर्वाचनमा परराष्ट्रको हस्तक्षेप, सबै प्रक्रिया रोकियो 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
एनआरएनएको निर्वाचनमा परराष्ट्रको हस्तक्षेप, सबै प्रक्रिया रोकियो 

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनमा परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै बाँकी निर्वाचनको प्रक्रिया रोक्न निर्देशन दिएको हो। 

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनमा परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै बाँकी निर्वाचनको प्रक्रिया रोक्न निर्देशन दिएको हो। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरू चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो। 

मन्त्रालयले छानबिन समितिले आफ्नो काम पूरा नगरेसम्म महाधिवेशनका बाँकी गतिविधि रोक्न निर्देशन दिएको हो। महाधिवेशनका प्रतिनिधि चयन गर्न संस्थापन पक्षले व्यापक ‘धाँधली’ गरिरहेको उजुरी परेपछि परराष्ट्र मन्त्रालयले छानबिन समिति गठन गरेको छ। १८ वर्ष लामो इतिहास भएको गैरआवासीय नेपाली संघको विषयलाई लिएर नेपाल सरकारले छानबिन समिति नै गठन गरेको यो पहिलो पटक हो।  

संघले आगामी अक्टोबर २३, २४ र २५ मा १० औं महाधिवेशन हुने मिति तोकेको छ। तर चुनाव हुने दिन भने सार्वजनिक गरेको छैन। 

गैरआवासीय नेपालीसम्बन्धी नियमावाली २०६६ को नियम १६ बमोजिम अनुगमन गर्न परराष्ट्र मन्त्रालयको नीति योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखाका प्रमुखको संयोजकत्वमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (कानुनसम्बन्धी अधिकारी) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (प्रविधि विज्ञ) प्रतिनिधि रहेको एक अनुगमन समिति गठन गरिएको पत्रमा उल्लेख छ। समितिले आफ्नो प्रतिवेदन पेस नगरेसम्म अन्तरर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको छ।

गत साता परराष्ट्र मन्त्रालयले एनआरएनएसँग स्पष्टीकरण पनि सोधेको थियो। एनसीसीको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरूको अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएकोलगायतका उजुररू परेपछि मन्त्रालय स्पष्टीकरण सोधेको हो।

nrna press.jpg


प्रकाशित : सोमबार, भदौ २८ २०७८०८:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend