शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

पुँजीगत खर्च गर्ने दायित्व विषयगत मन्त्रालयकै हो : अर्थमन्त्री पौडेल

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १० २०८२
images
पुँजीगत खर्च गर्ने दायित्व विषयगत मन्त्रालयकै हो : अर्थमन्त्री पौडेल

अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन्।

images
images

काठमाडौं- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुकै भएको बताएका छन्। अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले उक्त कुरा बताएका हुन्।

images
images
images

अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो देखिएपनि वास्तवमा खर्च गर्ने दायित्व विषयगत मन्त्रालयकै भएको अर्थ मन्त्री पौडेलको भनाइ छ।

images
images

‘अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो, विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो’ अर्थमन्त्री पौडेलले भने।

images
images

उनले बेरुजु फर्स्यौट, वैदेशिक लगानीलाई सहजीकरण, पुँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाहलगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन्। 

बैठकमा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगानाले परिसूचकहरुले अर्थतन्त्र विस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा हुनुपर्नेमा जोड दिएकी छन्। अर्थ सचिव घनश्याम उपाध्यायले नियमन र कारबहीलाई प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको धारणा व्यक्त गरे।

त्यस्तै राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले आगामी वर्षका लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रकृया अघि बढेको जानकारी दिएका छन्।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend