शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

जुत्ता उत्पादक संघ र रसायन तथा मेडिकल आपूर्ति संघका उत्पादनमा लेबलिङ गर्न वाणिज्य विभागको निर्देशन

images
बुधबार, वैशाख १० २०८२
images
जुत्ता उत्पादक संघ र रसायन तथा मेडिकल आपूर्ति संघका उत्पादनमा लेबलिङ गर्न  वाणिज्य विभागको निर्देशन

७ दिन भित्र आफ्ना उत्पादनमा नियमानुसार कार्य अघि बढाउन विभागले निर्देशन दिएको छ।

images
images

काठमाडाौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई आफ्ना उत्पादनमा अधिकतक बिक्री मूल्य (एमआरपी) राख्न निर्देशन दिएको छ।

images
images
images

मंगलबार विभागका महानिर्देशक कुमारप्रसाद दहालकाे अध्यक्षतामा दुईवटै संघ पदाधिकारीसँग बसेको बैठकपछि विभागले उक्त निर्देशन दिएको हो। 

images
images

नेपालको संविधानको धारा ४४ को उपभोक्ताको हकको भावना र मर्मअनुरूप एवं उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने कानूनी व्यवस्था छ।

images
images

सोहीअनुसार ७ दिन भित्र आफ्ना उत्पादनमा नियमानुसार कार्य अघि बढाउन विभागले निर्देशन दिएको छ। 

विभागले निर्देशन बेवास्ता वा अटेर वा बर्खिलाप गरी लेबलबिनाका वस्तुहरू बजारमा बिक्रीवितरण प्रयोजनका लागि राखिएको भेटिएमा प्रचलित कानूनबमोजिम कारबाही हुनेसमेत बताइएको छ।


प्रकाशित : बुधबार, वैशाख १० २०८२१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend