शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

तनहुँको भानुमा प्रत्येक शनिबार हाटबजार लाग्ने, बाइसजँगारमा पनि तयारी

images
बुधबार, वैशाख १० २०८२
images
तनहुँको भानुमा प्रत्येक शनिबार हाटबजार लाग्ने, बाइसजँगारमा पनि तयारी

हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

images
images

तनहुँ- तनहुँको भानु नगरपालिकाले बैशाख १३ गतेदेखि प्रत्येक साताको शनिबार हाटबजार सञ्चालन गर्न लागेको छ। ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार सञ्चालन गर्न लागिएको हो। 

images
images
images

हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। भानु-२ नारेश्वरटारमा रहेको बिक्री केन्द्रमा आ-आफ्नो उत्पादन बिक्रीका लागि ल्याउन कृषि तथा पशुपक्षी शाखाले सबैलाई अनुरोध गरेको छ। 

images
images

नगरले सञ्चालन गर्न लागेको हाटबजारले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्नुका साथै स्थानीय उत्पादनको प्रबर्द्धन गर्दै आयआर्जन वृद्धि गर्ने अपेक्षा लिइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताए। उनी भन्छन्, ‘हाटबजारले कृषक र उपभोक्ताबीच पुलको काम गर्ने विश्वास लिएका छौँ, उपभोक्ताले रोजेको र चाहेको कृषिउपज सहज रूपमा खरिद गर्न सक्छन्।’ आवश्यकताअनुसार निश्चित अन्तरालमा हाटबजारलाई निरन्तरता दिने योजना बनाएको उनको भनाइ छ।

images
images

कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता तथा उपभोक्तालाई सहज पहुँचसहित गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्य राखेर हाटबजार सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा गोतामेले जानकारी दिइन्। 

सम्पूर्ण किसान, उपभोक्ता, व्यवसायी तथा सरोकार भएकालाई हाटबजारको भरपूर उपयोग गर्न, यसलाई थप व्यवस्थित बनाउँदै दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र सहकार्यका लागि कृषि तथा पशुपक्षी शाखाले अनुरोध गरेको छ।

यसैबीच, नगरपालिकाले उक्त स्थानमा हाटबजार सञ्चालनमा ल्याएपछि उपलब्धिमूलक भएमा भानु-९ को बाइसजँगारमा पनि हाटबजार सञ्चालन गर्ने तयारी गरेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend