शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

चन्द्रागिरिले गर्‍यो कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई आर्थिक सहयोग

images
बुधबार, वैशाख १० २०८२
images
चन्द्रागिरिले गर्‍यो कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई आर्थिक सहयोग

काठमाडौंका कीर्तिपुर र दक्षिणकाली तथा धादिङको धुनिबेँसी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न १०–१० लाख रुपैयाँ उपलब्ध गराएको हो।

images
images

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई आर्थिक सहयोग गरेको छ। काठमाडौंका कीर्तिपुर र दक्षिणकाली तथा धादिङको धुनिबेँसी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न १०-१० लाख रुपैयाँ उपलब्ध गराएको हो।  

images
images
images

कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर-४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न उक्त रकम उपलब्ध गराएको हो। २०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट कुलोमा क्षति पुगेको थियो। 

images
images

यसैगरी धुनिबेँसी नगरपालिकालाई पिपलामोड-निशाकोट-डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न चन्द्रागिरि नगरपालिकाले सहयोग रकम उपलब्ध गराएको छ। उक्त सडक चन्द्रागिरि-२ र धुनिबेँसी-९ को सिमानामा पर्छ। 

images
images

त्यस्तै दक्षिणकाली नगरपालिका-८ स्थित टिमुरबोट-ओबी डाँडा-घङ्गेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि पनि १० लाख रुपैयाँ उपलब्ध भएको छ।

चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकाका नगरप्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि-१५ का वडाध्यक्ष घनश्याम लुईँटेल, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनाललगायत अन्य जननिर्वाचित प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति थियो। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend