शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सर्लाहीमा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

images
बुधबार, वैशाख १० २०८२
images
सर्लाहीमा गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

लालबन्दी नगर अस्पतालले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो।

images
images

सर्लाही- सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क  एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। नगरपालिकाले २० लाख १० हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो। 

images
images
images

नगरपालिकाको १४ नम्बर वडा निवासी जमुनी बललाई बैशाख-४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो। उनको परिवारले जनप्रतिनिधिमार्फत् नगर अस्पतालमा सम्पर्क गरेका थिए। अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो। अपराह्न जमुनीले स्वस्थ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ। अर्को दिन उनलाई एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ घर फकाएको पनि अस्पतालले जनाएको छ। 

images
images

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। हालसम्म उक्त सेवा १३ जनाले लिइसकेका छन्। नगरपालिकाले भने मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालसँगको समन्वयमा निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको जनाएको छ।

images
images

लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्किँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend