सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतीय बजारमा चिनियाँ स्मार्टफोन ब्रान्डको दबदबा 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २४ २०७८
भारतीय बजारमा चिनियाँ स्मार्टफोन ब्रान्डको दबदबा 

काउन्टरपोइन्टको प्रतिवेदन अनुसार भारतीय स्मार्टफोनको बजार ३८ अर्ब अमेरिकी डलरको रहेको छ। जुन २०२० को तुलनामा २७ प्रतिशतले धेरै हो। 

काठमाडौं- पछिल्लो समय भारत र चीन सरकारबीचमा सीमा विवाद बल्झिएको छ। यो विवाद अझै पनि साम्य भएको छैन। भारत सरकारले विवादकै बीचमा कयौं चिनियाँ एपलाई भारतमा प्रतिबन्ध पनि लगाएको थियो। 

पछिल्ला वर्षहरूमा भारतमा चिनियाँ सामान बहिष्कार गर्ने ट्रेन्ड पनि इन्टरनेटमा चल्दै आएको छ। यस्ता गतिविधिले चिनियाँ स्मार्टफोन ब्रान्डलाई भने खासै छोएको छैन। 

भारतीय बजारमा चिनियाँ ब्रान्डले पछिल्ला केही वर्षदेखि दबदबा कायमै राखेका छन्। चरम आपूर्ति समस्याका बाबजुद चिनियाँ स्मार्टफोन ब्रान्ड साओमीले भारतीय बजारमा आफ्नो बिक्री दोबरभन्दा बढीले बढाएको छ। 

बजार विस्तार गर्दै साओमी भारतीय स्मार्टफोन बजारमा २४ प्रतिशत हिस्सासहित पहिलो नम्बरमा रहेको बजार अनुसन्धान संस्था काउन्टरपोइन्टले प्रतिवेदनले देखाएको छ। दोस्रो नम्बरमा १८ प्रतिशत हिस्सासहित सामसङ छ। त्यसपछि चिनियाँ ब्रान्ड भिभो १५ प्रतिशतसहित तेस्रो ठूलो खेलाडीका रुपमा रहेको छ। भिभोपछि रियलमी र ओपो रहेका छन्। 

काउन्टरपोइन्टको प्रतिवेदन अनुसार भारतीय स्मार्टफोनको बजार ३८ अर्ब अमेरिकी डलरको रहेको छ। जुन २०२० को तुलनामा २७ प्रतिशतले धेरै हो। 

भारतीय बजारमा सस्तो मूल्यमा धेरै फिचर्स भएका स्मार्टफोन उपलब्ध गराउँदै आएका चिनियाँ ब्रान्डले आफ्नो उपस्थिति बढाएका छन्। तर पछिल्लो समय चिनियाँ ब्रान्डले उच्च मूल्यका प्रिमियम फोन पनि उपलब्ध गराउँदै आएका छन्। सन् २०२१ मा साओमीले ३० हजार भारु भन्दा माथि मूल्य रहेका फोनको बिक्री २३८ प्रतिशत भन्दा बढीले बढाएको छ। साओमी बाहेक ओपोको अर्को ब्रान्ड वनप्लसले प्रिमियम र मध्यम मूल्यका स्मार्टफोनको बिक्री बढाउँदै आएको छ। पछिल्लो समय राइजिङ ब्रान्डका रुपमा भारती बजारमा यो स्थपित भएको छ। 

भारतको आफ्नो बलियो स्मार्टफोनको ब्रान्ड नहुनु, चिनियाँ बाहेकका अरु ब्रान्डका फोन महँगा भएकाले भारतीय ग्राहक माझ चिनियाँ ब्रान्डका स्मार्टफोन लोकप्रिय भइरहेका छन्। यद्यपि चिनियाँ ब्रान्डप्रति भारतीय नियामकहरुले कडाइ गर्न थालेका छन्। चिनियाँ ब्रान्डको व्यापारमा निरन्तर अनुसन्धान गर्दै आएको छ। पछिल्लो  समय भने भारत सरकारले साओमीलाई ६ अर्ब भारु तिराएको थियो। आयात कर छलेको भन्दै साओमीलाई उक्त रकम तिराएको थियो। 


प्रकाशित : सोमबार, माघ २४ २०७८०३:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend