शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून, चैत मसान्तसम्म ७६ करोडमात्रै खर्च

images
सोमबार, वैशाख ८ २०८२
images
पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च न्यून, चैत मसान्तसम्म ७६ करोडमात्रै खर्च

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढंगले पुँजीगत खर्च गर्न नसकेको बताए।

images
images

वीरगञ्ज- पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ।

images
images
images

चालु आवमा पर्साका सरकारी कार्यालयका लागि दुई अर्ब ७३ करोड रूपैयाँ पुँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशत अर्थात् ७६ करोड ६० लाख रूपैयाँ रकम मात्रै खर्च गरेका छन्।

images
images

कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढंगले पुँजीगत खर्च गर्न नसकेको बताए।

images
images

'चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ', उनले भने, 'संघीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन्।' उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे। 

पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ १० अर्ब ६२ करोड रूपैयाँ विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् ६ अर्ब ८९ करोड रूपैयाँ खर्च भएको छ। पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा एक खर्ब ६१ अर्ब रूपैयाँ राजस्व संकलन गरेका छन्।

यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने एक खर्ब ५१ करोड रूपैयाँ राजस्व संकलन गरेका थिए। पर्सामा करिब ६० भन्दा धेरै संघीय सरकार मातहतका कार्यालय रहेका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख ८ २०८२०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend