शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

मौरीपालक किसानको सङ्ख्या बढ्दा उत्पादन भने घट्यो

images
आइतबार, वैशाख ७ २०८२
images
मौरीपालक किसानको सङ्ख्या बढ्दा उत्पादन भने घट्यो

अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको छ।

images
images

चितवन- गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ। अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ।

images
images
images

नेपाल मौरीपालक महासंघका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो। 

images
images

उनले भने, 'लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ।'

images
images

अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो।

अघिल्लो वर्ष आठ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर आठ हजार ३९८ किसानले मौरीपालन गरेका छन्। तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ।

व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष एक हजार ९६५ रहेकामा गत वर्ष घटेर एक हजार ५६८ जनामा झरेको उनले बताए।

उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन्। घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ। अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या ६ हजार १३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर ६ हजार ८३० पुगेको उनले बताए।

उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र एक लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए। विसं २०८० मा तीन हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासंघले जनाएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ७ २०८२१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend