सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बंगलादेश चिनियाँ ऋणको जालमा परेको दाबी, तर विदेशमन्त्री भन्छन्- त्यस्तो होइन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
बंगलादेश चिनियाँ ऋणको जालमा परेको दाबी, तर विदेशमन्त्री भन्छन्- त्यस्तो होइन

ढाका (रासस-एएनआई) - बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले ढाका चिनियाँ 'ऋणको जाल' मा परेको दाबीलाई खारेज गर्दै त्यसो नभएको बताएका छन्।

ढाकामा आयोजित एक कार्यक्रममा सहभागी भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोमेनले बंगलादेशलाई चीनले दिएको ऋण मुलुकको बाह्य ऋणको सानो अंश मात्रै रहेको बताएका छन्।

सिन्ह्वाका अनुसार मन्त्रीले 'ऋण जाल चिन्ता' भनेको चीनको बेल्ट एण्ड रोड इनिसिएटिभलाई ध्वस्त पार्ने र बेइजिङ र ढाका वा यस क्षेत्र र बाहिरका अन्य देशहरू बीचको सहयोगलाई रोक्नको लागि गरिएको स्पष्ट प्रयास भएको बताएका छन्।

ऋण-जीडीपी अनुपातको सन्दर्भमा मन्त्रीले भने- 'बंगलादेशको कुल ऋण १५ प्रतिशत वा लगभग १६ प्रतिशत भन्दा बढी छ।' मोमेनले अघि भने- 'कुनै पनि देशको ऋण कुल गार्हस्थ उत्पादनको झण्डै ४० प्रतिशत हुँदा ऋणमा फसेको भन्ने हुन्छ।'

बंगलादेशले अहिलेसम्म विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट सबैभन्दा बढी ऋण लिएको बताउँदै मोमेनले भने, ‘विदेशी स्रोतबाट लिने हाम्रो कुल ऋणको पाँच प्रतिशत पनि चिनियाँ ऋण पुगेको छैन।'

मोमेनले कथित अधिकार दुरुपयोगको आरोपमा देशको र्‍यापिड एक्शन बटालियन (आरएबी) का अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि यो कदम 'धेरै दुर्भाग्यपूर्ण' र 'तथ्यमा आधारित नभएको' भएको भन्दै आएको छ।


प्रकाशित : आइतबार, माघ २३ २०७८०७:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend