सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ओरालो लाग्दै कोरोना संक्रमण, कुल परीक्षणको २० प्रतिशतमा कोरोना

शनिबार, माघ २२ २०७८
ओरालो लाग्दै कोरोना संक्रमण, कुल परीक्षणको २० प्रतिशतमा कोरोना

काठमाडौं- पछिल्ला केही दिनयता कोरोना संक्रमण ओरालो लाग्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार शनिबार आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा संक्रमण पुष्टि भएको छ।

योससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ।

शनिबार चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार संक्रमणबाट नौ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend