सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मुडे-चरिकोट सडक सञ्चालनमा

शनिबार, माघ २२ २०७८
मुडे-चरिकोट सडक सञ्चालनमा

दोलखा- दोलखाको खरिढुंगा क्षेत्रमा बाक्लो हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।

मुडे खरिढुंगा क्षेत्रमा व्यापक हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरुद्ध भएकामा आज दिउँसोदेखि सवारीसाधन सञ्चालनमा आएका हो।

चरिकोट क्षेत्र तथा मुडे क्षेत्रको दुवै क्षेत्रबाट स्काभेटरले हिउँ पन्छाइएपछि सवारी साधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालयका प्रमुख भेषराज रिजालले बताए।

दोलखाका उच्च क्षेत्रमा शुक्रबार बिहानदेखि नै बाक्लो हिमपात भएपछि राजधानी काठमाडौंबाट दोलखा जोड्ने खाडिचौर-चरिकोट सडकखण्डअन्तर्गत मुडे खरिढुंगा क्षेत्रमा करिब २४ घण्टा सवारी साधन अवरुद्ध बनेका थिए। रासस


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend