सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वार्षिक २ हजार मेट्रिकटन च्याउ उत्पादन गर्न उद्योग 

शनिबार, माघ २२ २०७८
वार्षिक २ हजार मेट्रिकटन च्याउ उत्पादन गर्न उद्योग 

काठमाडौं- पछिल्लो समय च्याउ उत्पादनमा कृषकको आकर्षण बढ्दो छ। च्याउको माग पनि बढ्दो छ। बजारमा सामान्यत २ थरीको च्याउ धेरै पाइन्छ वा खोजिन्छ। डल्ले र ग्रोब्रे च्याउ बढी बिक्री भएहेको छ। च्याउको बजार माग बढेसँगै व्यवसायिक खेती समेत भइरहेका छ। 

बजारमा प्रतिकिलो २ सय रुपैयाँदेखि १ हजार रुपैयाँभन्दा मँहगा च्याउ पाइन्छ। च्याउको माग बढेसँगै च्याउ खेती व्यवसायिक खेती गर्नेको संख्या पनि बढ्न थालेको छ।

केही दिन अगाडि मात्रै वार्षिक २ हजार मेट्रिक टन च्याउ उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। रुपन्देहीमा १६ करोड ७८ लाख ७० हजार रुपैयाँको लगानी प्रतिवद्धता सहित शर्मिला इन्टिग्रेटेड एग्रिकल्चर प्रालि दर्ता भएको छ। उद्योगले ६५ जनालाई रोजगारी दिने र ३ सय केभीए बत्ति खपत गर्ने भएको छ।


प्रकाशित : शनिबार, माघ २२ २०७८१२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend