सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एक वर्षसम्म बाघलगायत जनावर र चराचुरुंगीलाई आहार खुवाउँदै टेलिकम

शनिबार, माघ २२ २०७८
एक वर्षसम्म बाघलगायत जनावर र चराचुरुंगीलाई आहार खुवाउँदै टेलिकम

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले सामाजिक उत्तरदायित्वअन्तर्गत एक वर्षसम्मको लागि चिडियाखानाको बाघ लगायतका जनावर र चराचुरुंगीहरुको आहार प्रायोजन गर्ने भएको छ। चिडियाखानामा रहेका जीवजन्तुका लागि आवश्यक खाने कुराको खर्च टेलिकमले बेहोर्ने भएको हो। 

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने भएको छ।

यसैगरी टेलिकले सातै प्रदेशका कम्तिमा एक/एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने समेत जनाएको छ।


प्रकाशित : शनिबार, माघ २२ २०७८११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend