सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेलिकमको वार्षिक उत्सव अफर सार्वजनिक, कुन सेवाको शूल्क कति?

शनिबार, माघ २२ २०७८
टेलिकमको वार्षिक उत्सव अफर सार्वजनिक, कुन सेवाको शूल्क कति?

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल कम्पनीको १८औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ ल्याएको छ।

अफर अन्तर्गत २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनसम्म, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनसम्म र  ६९ रुपैयाँमा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबीपीएस डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। 

यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिने टेलिकमको भनाइ छ। वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भीओएलटीई कल निःशुल्क गरिएको समेत टेलिकमले जनाएको छ।

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक/एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने टेलिकमले जनाएको छ।


प्रकाशित : शनिबार, माघ २२ २०७८११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend