शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

आईपीओको तयारीमा रहेको श्री एयरलाइन्सले साढे ४ वर्षमै गर्‍यो १५ अर्ब ६३ करोडको कारोबार

मंगलबार, चैत २६ २०८१
आईपीओको तयारीमा रहेको श्री एयरलाइन्सले साढे ४ वर्षमै गर्‍यो १५ अर्ब ६३ करोडको कारोबार

श्री एयरलाइन्ससँग १८ वटा वायुयान रहेको छ। जसमा फिक्स्ड विङतर्फ ३ वटा जेट र ७ वटा टर्बो जहाज रहेका छन्।

काठमाडौं- आईपीओ जारी गर्ने तयारीमा रहेको श्री एयरलाइन्सले पछिल्लो साढे ४ वर्षमै साढे १५ अर्ब रूपैयाँभन्दा बढी आम्दानी गरेको छ।

रेटिङ कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ देखि आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्मा श्री एयरले १५ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ।

एयरलाइन्सले हरेक वर्ष आम्दानी बढाएको तथ्यांकबाट देखिन्छ। चालु आवको ६ महिनामै एयरलाइन्सले २ अर्ब ५७ करोड आम्दानी गरेको छ।

श्री एयरलाइन्ससँग १८ वटा वायुयान रहेको छ। जसमा फिक्स्ड विङतर्फ ३ वटा जेट र ७ वटा टर्बो जहाज रहेका छन्। यसैगरी एरलाइन्ससँग ८ वटा हेलिकोप्टर रहेको छ। ६ वटा एमआई हेलिकोप्टर र २ वटा एयरबसका हेलिकोप्टर छन्। 

एयरलाइन्सको मुख्य लगानीकर्ता सुधीर मित्तल रहेका छन्। मित्तलको नाममा  ९९.९८ प्रतिशत सेयर रहेको छ। 

१९९९ मा अनन्या एयरको नाममा स्थापित एयरलाइन्सलाई पछि श्री एयरलाइन्समा रुपान्तरण गरिएको थियो। २०२३ मा श्री एयलाइन्स पब्लिक कम्पनीमा रुपान्तरण गरिएको थियो।

एयरलाइन्सले अहिले काठमाडौंलाई बेस बनाएर धनगढी, सुर्खेत नेपालगञ्ज, भैरहवा, पोखरा, चितवन, विराटनगर र माउन्टेन उडान उडान गरिरहेको छ।

साथै एयरलाइन्सले नेपालगञ्जबाट पनि मानसरोबरको माउन्टेन उडान गरिरहेको छ। साथै एयरले हेलिकोप्टरबाट चार्टर सेवासमेत दिँदै आएको छ। 

एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरका अनुसार अहिले २२ देखि २५ वटा उडानमा दैनिक २ हजार हवाई यात्रुलाई आन्तरिक सेवा दिइरहेको छ। श्री एयर आन्तरिक उडान यात्रु संख्याको आधारमा तेस्रो बजार हिस्सा भएको एयरलाइन्स पनि हो।

पछिल्लो साढे चार वर्षको आम्दानी विवरण.png


प्रकाशित : मंगलबार, चैत २६ २०८११५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend