सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बागबजारमा खुल्यो श्रीराज कलेक्सनको दोस्रो आउटलेट

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २२ २०७८
बागबजारमा खुल्यो श्रीराज कलेक्सनको दोस्रो आउटलेट

माघ महिनाभरी सुट सिलाउनेलाई २५ प्रतिशत छुटको सुविधारहेको सञ्चालक राज कार्कीले जानकारी दिए। 

काठमाडौं-  नरदेवीस्थित श्रीराज कलेक्सनले बागबजारमा सर्टिङ सुटिङको लागि दोस्रो आउटलेट खोलेको छ। 

माघ १७ गते बाट सुट्मालाको शुभारम्भ भएको छ ।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले उक्त आउटलेटको उद्घाटन गरेका थिए। 

माघ महिनाभरी सुट सिलाउनेलाई २५ प्रतिशत छुटको सुविधारहेको सञ्चालक राज कार्कीले जानकारी दिए। 

बागबजार सुट हबका लागि सुपरिचित स्थान हो । सुट्माला बागबजारको केएमसी कलेजको ठिक अगाडी अवस्थित छ । सुट्मालाले बिभिन्न डिजाइनका आधुनिक सुट् र  सम्बन्धित सबै प्रकारका आइटमहरु उपलब्ध गराउने सञ्चालक कार्कीले बताए ।

बागबजारस्थित सुट्मालामा अनलाइनबाट पनि कपडा अर्डर गर्न सकिनेछ । अर्डरका आधारमा काठमाडौँ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि प्रदान गर्नेछ । 

 


प्रकाशित : शनिबार, माघ २२ २०७८०१:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend