सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

राहदानी विभागको अनलाइन फर्म किर्ते गर्ने पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
राहदानी विभागको अनलाइन फर्म किर्ते गर्ने पक्राउ

काठमाडौं- प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेशीशहर नगरपालिकाका ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका ३६ वर्षीय यमबहादुर थापामगरलाई बिहिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीनजनालाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेकासँग ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरेको छ।

पक्राउ परेकासँग प्रहरीले मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–२५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर थप अनुसन्धान गरिएको प्रवक्ता मैनालीले बताए। रासस


प्रकाशित : शुक्रबार, माघ २१ २०७८१५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend