सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सहकारीमा जम्मा गरेको ३५ लाख ६८ हजार ठगी गर्ने पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
सहकारीमा जम्मा गरेको ३५ लाख ६८ हजार ठगी गर्ने पक्राउ

काठमाडौं- नेपाल प्रहरीले ३५ लाख ६८ हजार रूपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौं स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवम् सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिए।

काठमाडौं जिल्ला अदालतको विसं २०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महिना कैद सजाया र बिगोबमोजिम ३५ लाख ६८ हजार जरिवाना हुने फैसला सुनाएको थियो। पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले बताए। रासस


प्रकाशित : शुक्रबार, माघ २१ २०७८१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend