सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मार्च महिनामा १ लाख २१ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा

मंगलबार, चैत १९ २०८१
मार्च महिनामा १ लाख २१ हजार विदेशी पर्यटक नेपाल भ्रमणमा

नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतबाट सबैभन्दा धेरै २१ हजार ४ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

काठमाडौं- मार्च महिनामा १ लाख २१ हजार ६ सय ८७ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। सन् २०२५ को मार्च महिनामा सन् २०२४ मा भन्दा कम पर्यटक आएका छन्।

सन् २०२४ को मार्च महिनामा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा भारतबाट सबैभन्दा धेरै २१ हजार ४ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन्। त्यस्तै चीनबाट ११ हजार ४ सय ४३ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

त्यस्तै अमेरिकाबाट ११ हजार ९२ र श्रीलंकाबाट ८ हजार ८ सय ८६ पर्यटक नेपाल भ्रमणमा आएका छन्।


प्रकाशित : मंगलबार, चैत १९ २०८११८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend