सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

दक्षिण कोरियामा बढे अनलाइन सपिङ गर्नेहरू

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २१ २०७८
दक्षिण कोरियामा बढे अनलाइन सपिङ गर्नेहरू

सोल (रासस/सिन्ह्वा)- दक्षिण कोरियामा अनलाइन सपिङ गर्ने नागरिकको संख्या निकै बढेको छ। यहाँका अधिकारीहरूले दक्षिण कोरियामा अनलाइन सपिङ गर्नेको संख्या अहिलेसम्मकै बढी भएको पाइएको बताएका छन्।

कोभिड १९ को समस्या बढ्दै गएपछि यहाँका नागरिकहरूले खाद्यान्नदेखि अन्य आवश्यकताका वस्तुहरू पनि अनलाइनबाट नै खरिद गर्ने गरेका पाइएको छ।

गत वर्ष यहाँ अघिल्लो वर्षका तुलनामा नागरिकले २१ प्रतिशत बढीले अनलाइनबाटै खरिद गर्ने गरेका पाइएको छ। गत वर्ष यहाँका नागरिकले करिब १६० बिलियन अमेरिकी डलर बराबरका सामानहरू अनलाईनबाटै खरिद गरेका छन्।

यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी भएको यहाँका आर्थिक क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्। उनीहरूले कोभिडका कारण नै नागरिकहरू बाहिर ननिस्किएर अनलाइनबाट सामान मगाएको पाइएको बताएका छन्।


प्रकाशित : शुक्रबार, माघ २१ २०७८०७:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend