सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत १८ २०८१
टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

विमानस्थलमा हवाई सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ। यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो।

तुलसीपुर- आजदेखि दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ। 

अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए। उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए।

विमानस्थलमा हवाई सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ। यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो। 

उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ। विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन्।

अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था रहेको छ।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर रहेको छ। उक्त धावनमार्ग विस्तार गर्नुपर्ने आवाज पटक-पटक उठ्ने गरेको छ। रासस


प्रकाशित : सोमबार, चैत १८ २०८११२:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend