सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

२४ घण्टामा ८ हजार ७ सय जना कोरोना संक्रमणमुक्त, निको हुने दर ९२ प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २० २०७८
२४ घण्टामा ८ हजार ७ सय जना कोरोना संक्रमणमुक्त, निको हुने दर ९२ प्रतिशत

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५ को नमूना परीक्षण गरिएको थियो। १० हजार २६ को पीसीआर र २ हजार ५ सय ७९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

गत २४ घण्टामा ८ हजार ७ सय २३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ८ लाख ८७ हजार ४ सय ४३ पुगेको छ। निको हुने दर ९२ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ९ लाख ६२ हजार ५ सय १७ र एन्टिजेन विधिबाट १ लाख ३२ हजार ५ सय ४६ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ। पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ५७ हजार १७५ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९ लाख ८१ हजार ३ सय ७१  पुगेको छ। कूलमा सङक्रमण दर १८ दशमलव तीन प्रतिशत छ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ५४० रहेको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २ सय ९६ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८७ दशमलव सात रहेको छ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ५९ र आइसियूमा २८१ छ। होम आइसोलेशनमा ६१ हजार ८६२, संस्थागत आइसोलेशनमा एक हजार ४३४ र क्वारेन्टिनमा १३८ जना रहेका छन्।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व,  बाँके, रुपन्देही, र कैलाली रहेका छन्। दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, गोरखा, स्याङजा, बाग्लुङ, तनहुँ, गुल्मी, पाल्पा, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुर छन्। 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २१ हजार ७३६, ललितपुरमा नौ हजार ३६० र भक्तपुरमा चार हजार ६५२ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , माघ २० २०७८१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend