मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ४२ लाख ठग्ने पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ४२ लाख ठग्ने पक्राउ

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाएर ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

काठमाडौं- सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइदिने विश्वास दिलाएर ४२ लाख २४ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। 

ललितपुर महानगरपालिका-४ बागडोलका ४२ वर्षीय सरल रानासमेतका व्यक्तिहरुले भारत पञ्जाबस्थित मिरिएड ह्‍यूज हेल्थ केयर कम्पनीको नेपाल प्रतिनिधि हौँ भन्दै ठगी गरेका थिए। 

उनीहरुले विभिन्न सर्जिकल सामग्रीहरू ग्लोभ्स, लेटेक्स ईग्जामिनेसन ग्लोभ्स, विभिन्न साईजमा १०० प्रति ग्लोभ्स भएको प्रति बाकस ३ सय ३० भारतीय रुपैयाँ पर्छ भनी नमूनासमेत देखाई विश्वास दिलाए पश्चात् कम्पनीको जोनल मेनेजर सन्दिप थापा हुन् भन्दै निजको आर्थिक कारोबार बैंक अफ ईन्डिया मालीगुडिको खातामा २ जना पीडितलाई नगद जम्मा गर्न लगाएका थिए। 

प्रहरीका अनुसार नगद पाएपछि उनीहरुले प्रति बाकस ५० पिस राखी साईज, परिमाण र लेवल नभएको गुणस्तरहिन सामान पठाएको र पछि सम्पर्क गर्दा सम्पर्क विहीन भई झुक्याएर ठगी गरेका थिए। 

ठगी कार्यमा संलग्नमध्ये रानालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ। 


प्रकाशित : सोमबार, भदौ २८ २०७८०६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend