सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बन्द भएको तीन महिनापछि भोजपुरमा पुन: सुरु भयो उडान

मंगलबार, चैत १२ २०८१
बन्द भएको तीन महिनापछि भोजपुरमा पुन: सुरु भयो उडान

निगमका दुईवटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ।

भोजपुर- बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ। 

गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए। उनका अनुसार भोजपुरमा अब नयाँ तालिकाअनुसार उडान हुनेछ। 

विसं २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ। पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन्।

उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौं रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए।

निगमका दुईवटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत १२ २०८११५:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend