सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै, चार करोड रुपैयाँ लाग्ने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १० २०८१
म्याग्दीको पर्यटकीयस्थल टोड्के जोड्ने सडक धमाधम स्तरोन्नति हुँदै, चार करोड रुपैयाँ लाग्ने

आगामी असारभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ।

म्याग्दी- मंगला गाउँपालिका-२ सिमबाट कोत्रवाङ-खुम्ल्याह-पैयुपाटा-कुहुँ-पूर्णगाउँ हुँदै पर्यटकीयस्थल टोड्के पुग्ने १० किलोमिटर सडकको १४ वर्षपछि स्तरोन्नति सुरु भएको छ।

संघीय सरकार र मंगला गाउँपालिकाको चार करोड रुपैयाँ लागत साझेदारीमा यस वर्ष सडकको प्रवेश बिन्दुमा पर्ने सिम र खुम्ल्याह क्षेत्रमा फराकिलो पार्ने, पानीको निकासका निम्ति नाली, ग्यावियन पर्खाल बनाउने र ढलानको काम प्रारम्भ भएको हो। विनियोजन भएको यो आयोजना मंगला गाउँपालिकाको यो वर्षको सबैभन्दा ठूलो हो।

मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माका अनुसार आगामी असारभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सिमचोकबाट सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाएर स्तरोन्नति थालिएको छ।

सिमचोक, पातल, कुहुँ र पूर्णगाउँ क्षेत्रमा  ग्यावियन जाली भर्ने र पर्खाल निर्माण धमाधम भइरहेको छ। रासस


प्रकाशित : आइतबार, चैत १० २०८१०९:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend