बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

आन्तरिक मागभन्दा भारतीय बजारको सुविधाले बढाएको वैदेशिक व्यापार

आइतबार, चैत १० २०८१
आन्तरिक मागभन्दा भारतीय बजारको सुविधाले बढाएको वैदेशिक व्यापार

अहिलेको व्यापारको तथ्यांक भने मागमै सुधार भएको र अर्थतन्त्र चलायमान भएको मान्ने खालको देखिएको छैन।

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिना पुग्दा वैदेशिक वस्तु व्यापारमा सुखद वृद्धिदर देखिएको छ। आयात वृद्धि र निर्यातमा उत्साह देखिएको भन्दै बजारमा माग बढ्न थालेको कतिपयले व्याख्या पनि गरेका छन्।

लामो समयदेखि सुस्ताएको व्यापारमा सुखद वृद्धिदर देखिएपछि साँच्चिकै बजारमा माग सिर्जना भएको भान सरकारी अधिकारीहरूलाई परेको देखिएको छ। तर अहिलेको व्यापारको तथ्यांक भने मागमै सुधार भएको र अर्थतन्त्र चलायमान भएको मान्ने खालको देखिएको छैन। 

चालु वर्षको आठ महिनामा ११ खर्ब ४५ अर्बको आयात भएको छ जुन गत वर्षको यही अवधिमा १ खर्ब ३० अर्बको आयात भएको थियो। गत वर्षको तुलनामा १ खर्ब १५ अर्बको धेरै आयात भएको छ। 

समग्र आयात १ खर्ब १५ अर्बले बढ्दा तेलको कच्चा पदर्थाको आयातमात्र ५६ अर्बले बढेको छ। जसमा भट्मासको कच्चा तेलको आयातमात्र ४२ अर्बले बढेको छ। त्यस्तै सुर्यमूखीको कच्चा तेलको आयात पनि ११ अर्बले बढेको छ।

यी दुबै वस्तुको आयाता भनेको एक तह माथिको प्रशोधन गरेर भारत निर्यात हुने वस्तु हुन्। विदेशबाट ल्याइएको कच्चा तेललाई नेपालमा ल्याएर सामान्य भ्यालुएड गरेर भारतमा निर्यात हुँदै आएको छ। भारतसँगको व्यापार सम्बन्ध र भारतमा भइरहेको उच्च मागको फाइदाले यस्तो आयात बढेको देखिन्छ। 

नेपालको आन्तरिक मागमा भएको वृद्धिले गर्दा बढेको आयातभन्दा पनि भारतको अनुकूल बजारको अवस्थाले सिर्जना भएको देखिन्छ।

सामान्य उपभोग्य वस्तुमा कतिपय मूल्यवृद्धिका कारण सामान्य वृद्धि देखिएको छ। त्यस्तै औद्योगिक उत्पादनका कच्चा पदार्थको मागमा पनि खासै सुधार भएको छैन। 

त्यस्तै निर्यातमा उत्साह देखिएपनि त्यसमा भटमासको तेलमात्र ४७ अर्बको र सुर्यमूखीको तेल ७ अर्बको निर्यात भएको छ। विदेशबाट भटमास र सुर्यमुखीको गेडाभन्दा पनि कच्चा तेल ल्याएर यहाँ एक तहको प्रशोधनमात्र गरेर निर्यात हुँदै आएको छ। 


प्रकाशित : आइतबार, चैत १० २०८१०६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend