सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सचिव शिशिर ढुंगाना अनिवार्य अवकाशमा

बुधबार, माघ १९ २०७८
सचिव शिशिर ढुंगाना अनिवार्य अवकाशमा

काठमाडौं- प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले अनिवार्य अवकाश पाएका हुन्। पाँच वर्षे सेवा अवधि पूरा गर्दै उनी अवकाश भएका हुन्। बुधबाररदेखि अनिवार्य अवकाशमा जाने उनी बुधबार सार्वजनिक बिदा परेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार नै उनलाई बिदाई गरेको हो।

२०५४ कात्तिक १२ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका ढुंगाना २०६५ चैत १० गते सहसचिव भएका थिए। सहसचिव हुँदा उनी अर्थमन्त्रालय र मातहतका निकायमा मात्र काम गरेका थिए। २०७३ माघ २० मा सचिवमा बढुवापछि क्षेत्रीय प्रशासन भएर दीपायल गएका थिए। 

त्यपछि तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले उनलाई अर्थसचिव बनाएर अर्थमन्त्रालय ल्याएका थिए। खतिवडाको बहिरगन पछि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले पनि उनलाई नै अर्थ सचिवका रुपमा रोजे। 

तर केपी ओलीको सरकार ढलेसँगै नयाँ अर्थमन्त्री बनेका जनार्दन शर्माले उने ढुंगानालाई रुचाएनन् र उनको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भयो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाटै उनको अवकाश भएको हो। 


प्रकाशित : बुधबार, माघ १९ २०७८१२:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend