सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

लुफ्थान्साको 'जीएसए' सोसाइटी इन्टरनेशनल ट्राभलले पायो, काठमाडौंबाट फ्र्‍यांकफर्ट सिधा उडान सम्भव होला?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ३ २०८१
लुफ्थान्साको 'जीएसए' सोसाइटी इन्टरनेशनल ट्राभलले पायो, काठमाडौंबाट फ्र्‍यांकफर्ट सिधा उडान सम्भव होला?

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् १९५५ मा उद्घाटन भएपनि यसमा पहिलो जेट जहाज लुफ्थान्साले ल्याएको थियो। लुफ्थान्साको बोइङ ७०७ जहाज सन् १९६७ मा अवतरण भएको थियो।

काठमाडौं- युरोपको जायन्ट उड्डयन समूह लुफ्थान्साले नेपालका लागि 'जीएसए' सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले पाएको छ। लुफ्थान्सा ग्रुपले अफलाइन जीएसएका रुपमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजलाई छनोट गरेको हो। 

लुफ्थान्सा, स्वीस इन्टरनेशनल र अस्ट्रियन एयरलाइन्स‍ नेतृत्व गर्ने लुफ्थान्सा समूहले नेपालमा जीएसए नियुक्त गरेको हो। 

सम्झौताअनुसार सोसाइटी इन्टरनेशनलले नेपालमा लुफ्थान्सा ग्रुपको लागि अभिन्न र रणनीतिक साझेदारको रूपमा काम गर्नेछ। दक्षिण एसियाको बजारमा उपस्थिति विस्तार गर्नका लागि नेपालमा जीएसए नियुक्त गरिएको लुफ्थान्साको भारतीय जनरल सेल्स म्यानेजर संगिता शर्माले बताएकी छिन्। 

‘आफ्नो क्षेत्रमा राम्रो ट्र्याक रेकर्ड राख्न सफल सोसाइटी इन्टरनेसनलसँगको साझेदारीपछि लुफ्थान्साको पहुँच विस्तार गर्न र हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा दिने महत्वपूर्ण  कदमका रुपमा रहनेछ। यो नयाँ सहकार्यले हामीलाई नेपालको गतिशील र बढ्दो बजारमा ट्याप गर्न सक्षम बनाउँछ, हाम्रो समग्र बिक्री वृद्धिमा योगदान पुर्‍याउनेछ’ उनले भनेकी छिन्। 

नेपालको उड्डयन इतिहासमा लुफ्थान्साको पुरानो साइनो रहेको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् १९५५ मा उद्घाटन भएपनि यसमा पहिलो जेट जहाज लुफ्थान्साले ल्याएको थियो। लुफ्थान्साको बोइङ ७०७ जहाज सन् १९६७ मा अवतरण भएको थियो। 

उड्डयन परामर्श तथा अन्य सेवामा नेपाली उड्डयन बजारमा सक्रिय नै भएपनि लुफ्थान्साको उडानको कुनै पनि योजना थिएन। यो कदमले फेरि अब नेपालमा सिधा उडानको सम्भावना बढेर गएको छ।

सहकार्य सघन हुँदै गएमा र परिस्थितिले साथ दिएमा काठमाडौंबाट फ्र्‍यांकफर्ट सिधा उडानको प्रयास रहने सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले जानकारी दिए। 

अहिले युरोपियन युनियनको कालोसूचीमा नेपाली उड्डयन रहेको छ। यो नहट्दासम्म सिधा उडानको सम्भावना भने छैन।


प्रकाशित : आइतबार, चैत ३ २०८११८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend