सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

थिंक ट्यांकमा किन लगानी बढाउँदैछन् अमेरिकी टेक जायन्ट? 

बुधबार, माघ १९ २०७८
थिंक ट्यांकमा किन लगानी बढाउँदैछन् अमेरिकी टेक जायन्ट? 

अमेरिकाले पछिल्लो समय चिनियाँ टेक जायन्टहरूमाथि प्रतिबन्ध लगाउँदै आएको छ। हुवावेबाट सुरु भएको अमेरिकी प्रतिबन्ध पछिल्लो समय युनिकमसम्म पुगेको छ।

काठमाडौं- संसारकै ठूला प्रविधि कम्पनीहरूले अमेरिकी विदेशी नीतिसम्बन्धि थिंक ट्यांकमा लगानी बढाउँदै आएका छन्। चिनियाँ कम्पनीहरूले टक्कर दिन थालेपछि ठूला अमेरिकी टेक कम्पनीले विदेशी नीतिसम्बन्धि लविङ गर्ने थिंक ट्यांकमा सहायता बढाइरहेका हुन्। 

अमेरिकाका प्रतिष्ठित विदेशी नीति थिंक ट्यांकमा गुगल, अमेजन, एप्पल र फेसबुकले सहायता बढाएका छन्। उनीहरूले स्टार्टेजी एण्ड इन्टरनेशनल रिलेसन, दी सेन्टर फर अ न्यून अमेरिकन सेक्युरिटी, ब्रोकिङ एण्ड दी हड्सन इन्सिच्युटमा सहायता बढाएका हुन्। 

टेक कम्पनीहरूले सन् २०१७/१८ मा ६ लाख २५ हजार अमेरिकी डलर दान दिएका थिए। २०१९/२० मा त्यो बढेर १२ लाख डलर पुगेको थियो। टेक कम्पनीहरूको नाफाका अगाडि यो दान सानो रकम हो तर उनीहरूले जसरी लगानी बढाइरहेका छन् त्यसबाट उनीहरूको स्वार्थ पक्कै बढेको छ। 

पछिल्लो समय टेक कम्पनीहरूमाथि विभिन्न क्षेत्रमा कडाइ गरिँदै आएको छ। प्राइभेसी तथा डेटा सुरक्षाका विषयमा नीति निर्माताले कडाइ गर्दै आएका छन्। यस्तो अवस्थामा आफ्नो पक्षमा लबिङ बढाउनका लागि टेक कम्पनीहरूले लगानी बढाएका हुन्। 

अमेरिकी टेक कम्पनीले अमेरिकामा मात्र होइन संसारभरका थिंक ट्यांक, इन्फ्लुयन्सरहरूमाथि लगानी बढाउँदै आएका छन्। 

अमेरिकी टेक कम्पनीहरूले विशेषगरी अमेरिकाको विदेश नीतिमा बलियो लबिङ गर्नसक्नेहरू माथि लगानी बढाउन थालेका छन्। उनीहरूको ध्यान आफ्नो बजार शक्तिलाई यथावत राख्नतिरै छ। 

कम्पनीहरूको यस्तो स्वार्थका बारेमा अनुदान लिने संस्थाका प्रतिनिधिहरूले नै बताएका छन्। हड्सन यन्सिच्युटका प्रवक्ताले फेसबुकले सन् २००८ देखि नै सहयोग गरिरहेको बताएका छन्।  

'चीनको उदयबाट अमेरिकी प्रतिस्पर्धी बजारमा चुनौती थपिएको छ। विशेषगरी डेटा, अनुसन्धान र विकास सन्दर्भमा हामीलाई उसले सहयोग गरिरहेको छ' प्रवक्ताले भनेका छन्। 

अमेरिकाले पछिल्लो समय चिनियाँ टेक जायन्टहरूमाथि प्रतिबन्ध लगाउँदै आएको छ। हुवावेबाट सुरु भएको अमेरिकी प्रतिबन्ध पछिल्लो समय युनिकमसम्म पुगेको छ। अमेरिकाले यस्तो नीतिका पछाडि प्रभावशाली विदेशी नीति थिंक ट्यांकको पनि हात रहेको कतिपयको अनुमान छ। 

स्रोत: फाइनान्सियल टाइम्स 


प्रकाशित : बुधबार, माघ १९ २०७८११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend