सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १ २०८१
नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

केन्द्र निर्माणका लागि कोइकाले २६ लाख र नमोबुद्ध नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए।

काभ्रेपलाञ्चोक- धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ। कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा नमोबुद्ध नगरपालिका-१ मा केन्द्र स्थापना गरिएको हो।

केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ। केन्द्र निर्माणका लागि कोइकाले २६ लाख र नमोबुद्ध नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए।

केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक सागसब्जी बिक्रीकक्ष पनि स्थापना गरिएको छ। 

धार्मिक आस्थाको प्रतीक नमोबुद्ध पछिल्लो समय नयाँ पुस्ताका लागि मनोरञ्जन, घुमफिर तथा पिकनिकको उत्कृष्ट गन्तव्य बन्दै गएको छ। काठमाडौंबाट ४० किमी पर रहेको नमोबुद्ध पुग्न बनेपा हुँदै धुलिखेल र पनौतीबाट जाने दुई मध्ये कुनै एक बाटो छनोट गर्न सकिन्छ। जहाँबाट गए पनि काठमाडौंको कोटेश्वरबाट झण्डै सवा एक घण्टा समय लाग्छ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिएको नमोबुद्धमा पर्यटकले शान्त परिवेशमा हिमाल, हरियाली डाँडाकाँडा, ऐतिहासिक चैत्य र गुम्बाको कलात्मकता हेर्न सक्छन्। रासस


प्रकाशित : शुक्रबार, चैत १ २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend