मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

वनप्लसले फेरि सस्तो फोन ल्याउला? 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
वनप्लसले फेरि सस्तो फोन ल्याउला? 

धेरै फिचर्स, क्यामेरा तथा   डिजाइनका कारण वनप्लसका प्रशंसक बढ्दै गएका छन्।  

काठमाडौं- चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले महँगो मूल्यका स्मार्टफोनमात्र बजारमा ल्याउने गरेको छ। 

चिनियाँ कम्पनी बिकेके इलोक्टोनिक्सले वनप्लसलाई प्रिमियम स्मार्टफोन ब्रान्डका रुपमा विकसित गर्दै आएको छ। ओप्पो, भिभो, रियलमी जस्ता ब्रान्डमा प्रतिस्पर्धी मूल्यका स्मार्टफोन ल्याउने कम्पनीले वनप्लसलाई विशेषगरी भारतीय बजारमा पनि प्रिमियम स्मार्टफोन ब्रान्डका रुपमा स्थापित गरेको छ। 

सन् २०१५ मै एकपटक बजेट स्मार्टफोन भारतीय बजारमा ल्याएर पछि हटेको कम्पनीले पछिल्लो समय वनप्लस नर्ड ल्याएको थियो। मध्यम मूल्यशृङ्खलाको नर्डबाट उत्साहित भएको कम्पनीले फेरि वनप्लसको बजेट स्मार्टफोन भारतमा ल्याउने तयारी गरिरहेको छ। 

पछिल्लो समय आएका समाचारहरुका अनुसार वनप्लसले सन् २०२२ को दोस्रो त्राइमाससम्म भारतीय बजारमा यस्तो बजेट स्मार्टफोन ल्याउने अनुमान गरिएको छ। 

धेरै फिचर्स, क्यामेरा तथा   डिजाइनका कारण वनप्लसका प्रशंसक बढ्दै गएका छन्।  

भारतीय बजारमा सस्तो मूल्यशृङ्खलाको फोन आएपछि त्यसको लाभ नेपाली उपभोक्ताले पनि लिनसक्ने छन्। 


प्रकाशित : सोमबार, भदौ २८ २०७८०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend