सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पेट्रोलियम पदार्थको भाउमा नयाँ रेकर्ड, प्रतिलिटर ३ रुपैयाँ बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १८ २०७८
पेट्रोलियम पदार्थको भाउमा नयाँ रेकर्ड, प्रतिलिटर ३ रुपैयाँ बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुन बढाएको छ। मंगलबार राति १२ बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो। योसँगै पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुन बढाएको छ। मंगलबार राति १२ बजेबाट लागू हुनेगरि निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको हो। योसँगै पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। 

अब पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ बढेर १४२ कायम भएको छ। त्यस्तै डिजल र मट्टितेलमा पनि ३ रुपैयाँ बढेको छ। समायोजित मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको।

त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले भाउ बृद्धि गरेर ११६ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर सयले बृद्धि गरेर एक हजार ९५ कायम भएको छ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।


प्रकाशित : मंगलबार, माघ १८ २०७८१५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend